१२ वर्षीया बालिकामाथि करणी, एक जना प्रकाउ
काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकामाथि करणी आरोपमा एकजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–२, सिम्लेका ३० वर्षीय बुद्ध लामा छन् ।
उनलाई सोमबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार
















