पर्सामा एक कैदीबन्दीको मृत्यु
काठमाडौं । पर्सामा एक कैदीबन्दीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २५ वर्ष सजाय तोकिएका २८ वर्षीय राहुल साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्र भने- ‘राहुल आज बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् । उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो।’
उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर थिए।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार
















