ताप्लेजुङ गोल्डकप : सिराहाको सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश
ताप्लेजुङ २७ साउन। ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मङ्गलवार सम्पन्न खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६—० गोल फराकिलो अन्तरले पराजित गर्दै सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका हो ।
सलहेश युवा क्लब गत सालको विजेता टिम पनि हो । खेल सुरु भएको ५ औँ मिनेटमा सहलेशका सोदिया आदमले खाता खोलेका थिए । त्यस पनि क्रमशः सहलेशका सुजित बुढाथोकीले ३५ औँ मिनेटमा दोस्रो, ३७ औँ मिनेटमा युसुफ मलिकले चौथो,४२ औँ मिनेट पाँचथरको खेलाडीको आत्मघाती गोल गरे भने मा पुन सहलेशका युसुफ मलिकले दोस्रो पटक ६६ औँ मिनेट गोल गर्नुभयो भने खेलको अन्तिम समयमा ८० औँ मिनेटमा मोहित गुरुङले गोल गर्नु हुर्दै सहलेश सेमिफाइनलमा प्रवेश गरेको हो ।
भोली हुने पहिलो सेमिफाइनल खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र चर्च ब्वाइजका क्लबबिच आमनेसामने हुने सचिन टिकेन्द्र नेपालीले जानकारी दिनुभयो ।
लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगितामा आजको खेलको ‘म्यान अफ दि म्याच’ सिराहाको युसिफ मालिक हुनुभयो । मालिकले ७ हजार प्राप्त गर्नुभयो ।
शनिवार देखि ताप्लेजुङको फुङलिङको भानु जनमाविमा सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब, झापाको रेड स्टार फुटबल क्लब, चर्च ब्वाइजका क्लब ललितपुर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
३१ गते सम्पन्न हुने फाइनल खेलका विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्ने छ । भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको छ ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार
















