एनएमबि बैंकको नाफा ३ अर्ब २८ करोड रुपैयाँ
काठमाडौँ २७ साउन । एनएमबि बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा आकर्षक सुधार गरेको छ ।
बैंकले आज सार्वजनिक गरेको चालु आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ । बैंकले यो अवधिमा ३ अर्ब २८ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२२ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ११.१४ प्रतिशतले बढी हो ।
बैंकको खुद सञ्चालन आम्दानीमा पनि ३२।६८ प्रतिशतको सुधार आएको छ । बैंकको खुद सञ्चालन आम्दानी ९ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।
बैंकको रिटेन्ड अर्निङको आकार १ अर्ब ९० करोड र रिजर्भको आकार १२ अर्ब ३२ करोड रुपैयाँबराबर रहेको छ । बैंकको निक्षेप २ खर्ब २३ अर्बबाट बढेर २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै बैंकको कर्जा परिचालन पनि १ खर्ब ९४ अर्बबाट बढेर २ खर्ब २९ अर्ब पुगेको छ ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार
















