सरकारले रविन्द्र ढाँटलाई ५ लाख रुपैयाँ दिने, प्रशिक्षकलाई २ लाख
काठमाडौं । सरकारले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ दिने भएको छ ।
आज बिहान सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र उनका प्रशिक्षलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिएका हुन् ।
ढाँटले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार
















