आज काठमाडौंसहित यी जिल्लामा आकस्मिक बाढीको जोखिम



काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिन्छ ।

बाढी महाशाखाका अनुसार आज मापन गर्दा कोसीको सहायक नदी, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल छ तर बढ्ने सम्भावना छ।

आज तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, चितवन, नवलपरासी-पूर्व, रुपन्देही, कपिलवस्तु, डोल्पा, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना देखिएको बाढी महाशाखाले जनाएको छ।

यसैगरी आज इलाम, झापा, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जानकारी बाढी महाशाखाले दिएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्