महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना जारी गर्दै क्यानले जर्सी प्रायोजनका लागि इच्छुक तथा योग्य व्यावसायिक संस्थालाई प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

जर्सी प्रायोजनको न्यूनतम वार्षिक शूल्क ६० लाख रुपैयाँ कायम गरिएको छ । क्यानका अनुसार, प्रायोजनको अवधि तीन वर्षको हुनेछ ।

आवेदन पेस गर्ने अन्तिम मिति अगस्ट ३० तारिख बिहान ११ बजेसम्म तोकिएको छ । आवेदनका साथमा ३० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्