सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँमात्रै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेर १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य भने २० रुपैयाँ बढेको छ। मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्