खोलामा बगेर ११ वर्षीय बालकको मृत्यु
झापा । झापामा खोलामा बगेर एक बालकको मृत्यु भएको छ ।
झापाको दमक–१०, जहदामा भालुखोला तर्ने क्रममा बगेर ११ वर्षीय धर्मेन्द्र प्रसाईंको मृत्यु भएको हो ।
बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकोमा चिकित्सकले धर्मेन्द्रलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार
















