बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने प्रारम्भिक टोलीको घोषणा



काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक टोलीको घोषणा भएको छ ।
नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी सदस्य रहेको प्रारम्भिक टोली घोषणा गरेका हो ।
नेपालले आगामी भदौ २१ र २४ मा काठमाडौंस्थित दशरथ रंगशालामा बंगलादेशसँग खेल्ने तालिका तय भएको छ ।

एन्फाका अनुसार, प्रारम्भिक टोलीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, एन्जल श्रेष्ठ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विशाल सुनार छन् ।

यस्तै, दीप कार्की, दिनेश हेन्जन, दीपेन्द्र बिक, जिलेस्पी जङ कार्की, किरण चेम्जोङ, कुलदीप कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणि लामा, मनीष डाँगी, रणदीप पौडेल, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समित श्रेष्ठ, सुवास बम, सिर्जनराज गौतम, सुमन श्रेष्ठ, टीकेन्द्र थापा र योगेश गुरुङ छन् ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्