सरकारको सुशासन कैलाली कारागारको घटनाले देखायो



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले सरकारको सुशासन कैलाली कारागारमा भएको झडप भएको घटनाले देखाएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद थापाले सुरक्षा घेराभित्र रहेको कारागारमा जेलमा झडप भएको ४८ घण्टासम्म सुरक्षाकर्मी छिर्न नसक्नु कस्तो सुशासन हो भन्दै प्रश्न गरे । उनले सुरक्षा घेराभित्र हुने कारागारमा त सरकारले सुरक्षा दिन सक्दैन भने, बाहिर कसरी सुरक्षा छ, सुशासन छ भनेर हामीले कसरी पत्याउने भन्दै प्रश्न गरे ।

कैलाली कारागारमा गत शुक्रबार भएको झडपमा परेर एक कैदीको मृत्यु भएको थियो भने तीन दर्जन बढी घाइते भएका थिए ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्