नेतन्याहुले गाजामा युद्धविराम गर्ने संकेत, बाँकी बन्धक रिहा गराउने



काठमाडौं, साउन २९ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध रोक्ने संकेत दिएका छन् ।

बाँकी रहेका सबै बन्धकहरूलाई एकैपटक रिहा गर्ने गरि उनले उद्धविराम गर्ने तयारी गरेको बताइएको हो । यसअघिको युद्धविराममा केही जीवित इजरायली बन्धकको रिहाइको कुरा थियो ।

हमासले आफ्ना नेताहरूको प्रतिनिधिमण्डल इजिप्टका अधिकारीहरूसँग प्रारम्भिक वार्ताका लागि राजधानी कायरोमा रहेको बताएको बीबीसीले जनाएको छ ।

रिपोर्टहरूका अनुसार, मध्यस्थकर्ताहरूले आगामी हप्तामा सम्झौता हुने आशा राखेका छन् ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्