ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ



काठमाडौं । ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति ठमेलबाट पक्राउ गरेको हो ।

उनीहरुबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको छ । पक्राउ परेकाहरुको नामसहितको विवरण केहीबेरमा सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्