सुकुमबासी बस्तीमा महानगरको डोजर, प्रहरीमाथि ढुंगामुढा



काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुमबासी बस्ती भत्काएपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ ।

डोजरसहित पुगेको नगरप्रहरीले सुकुमबासीका टहराहरु भत्काइदिएको हो । वर्षायाममा टहरा भत्काइदिएपछि सुकुमबासीले काठमाडौं महानगरका नगर प्रहरी र प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका हुन् ।

स्थानीयले अनुरोध गर्दा पनि बस्तीमा महानगरले डोजर चलाएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।

महानगरले ३५ दिनको सूचना जारी गरेर व्यक्तिको जग्गामा बनेको संरचना हटाउन समय दिएको थियो । टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डे र प्रहरीसहितको टोली मनोहरा पुगेको थियो ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्