आज विश्व क्षयरोग दिवस



काठमाण्डौ, चैत्र ११
आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरी मनाइदै छ । दिवसको यस वर्षको नारा टीबी विरुद्धको एकता, कोही पनि नछुटोस भन्ने तय गरिएको छ । हरेक वर्ष मार्चको २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाइने गरिन्छ । यो दिवसको शुरुवात विश्व स्वास्थ्य संगठनको अगुवाईमा सन् १९९५ वाट भएको हो ।

क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुने गर्दछ ।

नियमित औषधी सेवन गरेमा निको हुने क्षयरोगका कारण विश्वमा हरेक वर्ष १५ लाखको मृत्यु हुने गरेको छ भने विश्वमा हरेक वर्ष ९० लाख नयाँ क्षयरोगी देखापर्ने गरेको तथ्याङ्कले जनाएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् भने ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन् । नेपालमा ८० हजार ५० जना क्षयरोगी भएको सरकारी तथ्यांक छ । नेपालमा वर्षेनी ५ देखि ७ हजार क्षयरोगीको मृत्यु हुने गरेको छ ।

दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र तथा मुलुकभर कै क्षयरोग निवारण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका सरकारी तथा गैरसरकारी संस्थाहरुले विविध कार्यक्रम को आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News