आई.एम.ई. लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा देशव्यापी प्रभातफेरी



काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा काठमाडौँ सहित सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ जीवनका लागि जीवन बीमाको महत्त्व” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रमले नागरिकहरूलाई बीमा सचेतनातर्फ अभिप्रेरित गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

देशभरका शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थासँगको सहकार्यमा सम्पन्न कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, बीमा अभिकर्ता, सञ्चालक समिति सदस्य, कर्मचारी र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा जीवनका आधार भएको उल्लेख गर्दै भने, “प्रभातफेरीमार्फत हामी नागरिकलाई सक्रिय जीवनशैलीको प्रेरणा दिनुका साथै जीवन बीमाको आवश्यकता र फाइदा बुझाउन चाहन्छौं ।”

इन्स्योरेन्सले यसअघि पनि बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। कम्पनीका अनुसार बीमाको पहुँच बढाउन यस्तो पहल भविष्यमा पनि जारी रहने जनाएको छ ।

प्रकाशित मिति: १ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्