अमेरिकाको न्यूयोर्कमा गोली चल्दा तीन जनाको मृत्यु



काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा एक क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

सिएनएनका अनुसार आक्रमणकारीले ब्रुकलिनको क्राउन हाइट्सस्थित टेस्ट अफ द सिटी लाउन्जमा गोली चलाएका थिए ।

गोलीबारीमा १२ जनालाई गोली लागेको छ भने अहिलेसम्म गोली चलाउनेहरु पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्