नेप्से ९.१६ अंकले बढ्यो, घट्यो कारोबार
काठमाडौं । नेप्से परिसूचक ९.१६ अंकले बढेको छ ।
आज नेप्से परिसूचक ०.३३ प्रतिशतले बढेर २,७७०.३९ विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने डेढ अर्बले घटेको छ । यस्तै, ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आइतबार सात अर्ब ७३ करोड ५१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज १७५ कम्पनीको सेयरमूल्य बढ्दा ७४ कम्पनीको घटेको छ । युनियन हाइड्रोपावरको सेयरमूल्य ६.१० प्रतशितले बढेको छ । सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४.८१ प्रतशतले घटेको छ ।
कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड र ‘अन्य’ समूहको परिसूचक घटेको छ ।
बाँकी समूहको परिसुचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०।४९ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ०.५८ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: २ भदौ २०८२, सोमबार
















