इजरायलसँग कुनै पनि बेला युद्ध सुरु हुनसक्ने इरानको चेतावनी



काठमाडौँ । इरानले इजरायलसँगको युद्ध कुनै पनि बेला भड्किन सक्ने चेतावनी दिएको छ ।

इरानका एक वरिष्ठ अधिकारीले गत जुनमा १२ दिनसम्म चलेको द्वन्द्वपछिको हालको शान्तिलाई अस्थायी विराममात्र भएको बताएका छन् ।

गत जुनमा भएको युद्धमा इजरायलले इरानी आणविक तथा सैन्य स्थलका साथै आवासीय क्षेत्रमा बमबारी गरेको थियो जसमा वरिष्ठ कमान्डर र आणविक वैज्ञानिकसहित एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

बदलामा इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा इजरायलमा दर्जनौँको ज्यान गएको थियो ।

संयुक्त राज्य अमेरिकाले इरानी आणविक केन्द्रहरूमा बमबारी गरेर युद्धमा सामेल भएको दुई दिनपछि जुन २४ मा युद्ध बन्द गर्ने घोषणा गरेको थियो ।

त्यसयता इरानी अधिकारीहरूले इरानले युद्ध नचाहेको तर अर्को मुठभेडका लागि तयार रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: ३ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्