टप एन्ड टी-२० सिरिज : मेलबर्नविरुद्ध नेपालको सानदार जित
काठमाडौं । नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी-२०सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
आज भएको खेलमा सोमपालको घातक बलिङमा नेपालले मेलबर्नलाई ३३ रनले पराजित गर्दै सिरिजमा दोस्रो जित हासिल गरेको हो।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा १० विकेटको क्षतिमा १ सय ६ रन मात्र बनाउन सक्यो।
नेपालका लागि सोमपाल कामीले ५ विकेट झारे। जय लेमिरे १८ रनमा रन आउट भए। ह्यारी डेक्सनले १६ रन जोडे। ओलिभर पिक १४ रनमा रनआउट भए।
कुशल भुर्तेलले दुई विकेट लिए। साहव आलम र रुपेश सिंहले समान एक विकेट लिए। त्यसअघि डार्विनस्थित काजालिस एरिना पामर्स्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि कुशल मल्लले २९ र दिपेन्द्र सिंह ऐरिले २७ रन बनाए। लोकेश बमले २४ रन थपे। रुपेश सिंह १६ रनमा नटआउट रहे। भीम सार्की १७ र आरिफ शेख १२ रन बनाउँदै पेभेलियन फर्के। गुल्सन झा २ र कुशल भुर्तेल १ रनमा आउट भए।
मंगलबार भएको पनि चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो।
यस्तै आज पनि पाँचौँ खेलमा जित हासिल गरेको छ। नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको थियो ।
नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो ।
सिरिजमा ११ टोली सहभागी छन्। सिरिजमा सहभागी अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान एु, बंगलादेश एु र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन्।
अन्यमा अस्ट्रेलियाका बिगबास लिग (बीबीएल) को होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका एकेडेमीलगायत छन्।
सिरिजको अन्तिम खेलमा नेपालले शुक्रबार पाकिस्तानको साहिन्सविरुद्व खेल्नेछ।
प्रकाशित मिति: ४ भदौ २०८२, बुधबार
















