नेप्से ९.७० अङ्कले घट्यो, कारोबार पनि घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.७० अंक अङ्कले घटेको छ ।
योसंगै नेप्से परिसूचक २७६७.२० को विन्दुमा झरेको छ ।बजारसँगै आज कारोबार रकममा कारोबार रकम पनि घटेको छ।
अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा खुम्चियो ।
आजदेखि कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ३२१.३० रुपैयाँ पुगेको छ ।
त्यस्तै चन्द्रागिरि हिल्सको ७.४२, सगरमाथा जलविद्युत् कम्पनीको ३.८४, विन्ध्यबासिनी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढ्यो ।
पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.६, अपर हेवाखोलाको ३.४, युनाइटेड इदी मर्दीको मूल्य ३.०९ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहे ।
होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढ्यो भने व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशत घट्यो ।
प्रकाशित मिति: ४ भदौ २०८२, बुधबार
















