गाजा शहर कब्जा गर्ने इजरायलको तयारी, सैनिक तैनाथ
काठमाडौँ । इजरायलले गाजा शहरलाई कब्जा गर्ने तयारी गरेको छ । गाजामा पूर्ण नियन्त्रण कायम गर्न र त्यहाँको जनसंख्यालाई विस्थापित गर्न इजरायलले ६० हजार सैनिक तैनाथ गरेको छ ।
आगामी दिनमा थप २० हजार सैनिक परिचालन गरिने र यो अभियानभर कुल १ लाख १० हजारदेखि १ लाख ३० हजार सैनिकलाई तैनाथ गरिने सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको २२ महिना लामो आक्रमणमा गाजामा ६२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । स्वास्थ्य अधिकारीहरूले भोकमरीका कारण मृत्यु हुनेको संख्या पनि दिनहुँ बढिरहेको बताएका छन् ।
मन्त्रालयका अनुसार, मंगलबारसम्म गाजामा ११२ बालबालिकासहित कम्तीमा २६६ जनाको भोकमरीबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: ५ भदौ २०८२, बिहिबार
















