यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जसले गर्दा आज (शुक्रबार) दिउँसो देशभर साधारणतया बदली रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी तराई भू–भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्