सिभिल मलबाट ६ थान नक्कली हतियारसहित एकजना पक्राउ
काठमाडौं, भदौ ६ । सुन्धारास्थित सिभिल मलबाट ६ थान नक्कली हतियारसहित एक जनालाई पक्राउ परेका छन् ।
हिजो (शुक्रबार) दिउँसो साढे १२ बजे प्रहरी वृत्त जनसेवाको टोलीले सिभिल मलको पाँचौ तलामा सन्चालित द टोय स्टोरमा खानतलासी गरी सक्कलीजस्तै देखिने नक्कली हतियारहरु बरामद गरेको हो ।
धादिङको निलकण्ठ–३ घर भई बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठले सञ्चालन गरेको पसलमा प्रहरी निरीक्षक देवेन्द्रराज जोशीको कमाण्डको प्रहरी टोलीले खानतलासी गरेको थियो ।
खानतलासी गर्दा अवरोध गर्न खोजेको भन्दै प्रहरीले काभ्रेको रोशी गाउँपालिका ३ घर भई काठमाडौंको कलंकी बस्ने ३१ वर्षीय सुरज मगरलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार












