बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना
बागलुङ । बागलुङको गलकोटमा विद्यार्थी बोकेको भ्यान दुर्घटना भएको छ ।
गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्रि सडकमा विद्यार्थी सवार भ्यान शक्रबार विहान पौने ८ बजे दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
हरिचौरबाट हटियातर्फ जाँदै गरेको गलकोट बहुमुखी क्याम्पसको विद्यार्थी सवार भ्यान सडकदेखि सात मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक २५ वर्षीय मोहन सिंह सुनार, १८ वर्षीया सुस्मीता विक, १८ वर्षीया प्रमिला विक, १८ वर्षीय जिवन खत्रि, १८ वर्षीया मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएका छन् ।
घाइते सबै विद्यार्थीलाई उपचारका लागि गलकोट नगर अस्पताल बागलुङ पठाइएको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गलकोट बागलुङले जनाएको छ ।
प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार












