साफ यू–१७ महिला च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल



काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज आयोजक राष्ट्र भुटानसङ्ग प्रतिस्पर्धा गर्दैछ ।

खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका ५ः४५ मा सुरु हुनेछ ।

यसअघि खेलेको पहिलो खेलमा नेपालले भारतसँग ७–० को फराकिलो अन्तरले हारेको थियो।

त्यस्तै, आयोजक राष्ट्र भुटान पनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

आज नेपाल र भुटान पहिलो जितको खोजीमा छन् । नेपालले अर्को खेल अगस्ट २४ मा बंगलादेशको सामना गर्ने छ।

प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्