भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस



काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरक मतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ आज प्रतिनिधिसभामा पेस भएको छ ।

समिति सभापति कुसुमदेवी थापाले आज विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेकी हुन् ।

नेकपा माओवादी केन्द्रका सांसदले फरक मत लेख्ने भन्दै शुक्रबार सम्मको समय मागेका थिए । तर, समितिबाट विधेयक पारित गरिएपछि फरक मत नराखी माओवादी सांसदहरू बाहिरिएका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद पनि असहमतिसहित बैठकबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्