युगान्डाको अवैतनिक वाणिज्य दूतमा विनय उपाध्याय नियुक्त, दुई देशको सम्बन्ध अझै प्रगाढ बन्ने अपेक्षा



काठमाडौं । सरकारले नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्यायलाई नियुक्त गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्रालयले सफल उद्यमी उपाध्यायलाई औपचारिक रुपमा नियुक्ति पत्र हस्तान्तरण गरेको हो ।

घरजग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा क्रियाशील उद्यमी उपाध्याय व्यापार र अन्तर्राष्ट्रिय साझेदारीमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति हुन् ।

नियुक्ति पत्र ग्रहण गर्दै व्यवासायी उपाध्यायले कृतज्ञता व्यक्त गर्दै युगान्डा र नेपालबीचको सम्बन्धलाई सुदृढ पार्न आफूले हर सम्भव प्रयास गर्ने बताए ।

उनले दुई देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन काम गर्ने बताए ।

एक सफल व्यवसायी उपाध्यायको नियुक्तिसँगै युगान्डा र नेपालबीच व्यापार, पर्यटन, लगानी र सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रहरूमा गहिरो सहकार्यको लागि बाटो खोल्ने अपेक्षा गरिएको छ।

उपाध्याय विभिन्न द्वयराष्ट्रिय चेम्वरहरुमा समेत आवद्ध व्यक्ति हुन् ।

प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्