एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा १५ प्रतिशतसम्म छुट
काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहकले ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा छुट पाउनेछन् । रिसोर्टस् र बैंकबीच ग्राहकलाई छुट दिने सम्झौता भएको हो ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टस्मा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
यस बैंकका ग्राहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट पाउने सम्झौतामा जनाइएको छ । ग्राहकले पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टस्मा छुट पाउनेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त रिसोर्टस्सँगको यस सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।
प्रकाशित मिति: ८ भदौ २०८२, आइतबार
















