आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं, भदौ ९ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू –भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ९ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्