रक्सी खाएर नहरमा नहाउने क्रममा डुबेर एक जनाको मृत्यु



सप्तरी, भदौ ९ । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ नहरमा डुबेर कञ्चनरुप नगरपालिका–६ घोगनपुर बस्ने ४६ वर्षीय सत्रुधन सरदार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर नुहाउने क्रममा डुबेर बेपता भएका सरदारलाई स्थानीयले खोजतलास गर्दा मृतावस्थामा भटेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्