गुन्डा नाइके रेस लामा पक्राउ
काठमाडौँ, भदौ ९ । गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका चावहिलबाट पक्राउ परेका छन् ।
प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ करिब साढे आठ बजे चाबहिलस्थित ए वन क्याफेबाट पक्राउ गरेको हो ।
उनले गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिस पुतलीको एक रेस्टुरेन्टमा एक जनामाथि अभद्र व्यवहार अशील शब्दहरू प्रयोग गरी कुटपिट गरेको आरोप छ ।
प्रकाशित मिति: ९ भदौ २०८२, सोमबार












