हरितालिका तीज : आज दर खाने दिन
काठमाडौं, भदौ ९ । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदैछ ।
भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ ।
दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
प्रकाशित मिति: ९ भदौ २०८२, सोमबार












