काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले आज बिहान १० बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले बैठक बोलाएको बताइएको छ ।

यस्तै सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाको राजीनामाबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति: ९ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्