आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै



काठमाडौँ, भदौ १० । आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलारुले हरितालिका तीज पर्व मनाउँदै छन् । यस दिन महिलाहरु देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा छ ।

शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ । विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन् ।

आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजे बाटै खुल्ला गरिएको छ ।

प्रकाशित मिति: १० भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्