मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै



महोत्तरी, भदौ १० । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै छ ।

श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गर्ने गरिन्छ । महिलाहरूले आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गर्छन् ।

यो पर्व मिथिलाञ्चल क्षेत्रमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि भनिन्छ ।

प्रकाशित मिति: १० भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्