२३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोलिने
काठमाडौं, भदौ १० । सरकारले नागरिकलाई सेवा प्रवाह सहज र सरल बनाउने उद्देश्यले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निणर्य गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको उक्त प्रस्तावलाई स्वीकृत गर्दै आवश्यक प्रक्रियाका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाउने निर्णय गरेको हो।
गृह मन्त्रालयले जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयबाट प्रदान हुने सेवालाई थप पहुँचयोग्य बनाउन एकैपटक ठूलो संख्यामा नयाँ कार्यालय खोल्न लागेको जनाएको छ ।
मन्त्रिपरिषद्को प्रशासन समितिले अब यस प्रस्तावमाथि आवश्यक छलफल गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ ।
प्रकाशित मिति: १० भदौ २०८२, मंगलबार












