अमेरिकाले आजदेखि लगायो भारतमाथि ५० प्रतिशत कर



काठमाडौं । अमेरिकाले भारतमाथि आजदेखि लागू हुनेगरी ५० प्रतिशत भन्सार कर लगाएको छ ।

अमेरिकी सरकारले यसअघि रहेको २५ प्रतिशत करमाथि थप २५ प्रतिशत भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ । यो शुल्क भारतीय समय अनुसार बुधबार बिहान ९ः४५ बजेदेखि लागू भएको हो ।

सूचनामा भनिएको छ, ‘अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगको लागि आइपुगेका वा गोदामबाट हटाइएका कुनै पनि भारतीय सामानहरूमा यो बढेको शुल्क लाग्नेछ ।’

भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेन विरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको कारण ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएको बताएको छ । यता, भारतले ट्रम्पको यो निर्णयलाई ‘अनुचित, अनुचित र तर्कहीन’ भनेको थियो ।

प्रकाशित मिति: ११ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्