यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।

निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदर आज १ सय ३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ५१ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिदर १ सय ४० रुपैयाँ र बिक्रीदर १ सय ४० रुपैयाँ ६० पैसा थियो ।

यसैगरी युरोपियन युरो एकको खरिदर १ सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ६३ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १ सय ८९ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ८९ रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १ सय ७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ७५ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिदर १ सय १ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८७ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८ रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४ सय ५९ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ ७१ पैसा रहेको छ ।

ओमनी रियाल एकको खरिददर ३ सय ६३ रुयैयाँ ४३ पैसा र बिक्रीदर ३ सय ६४ रुपैयाँ ९८ पैसा छ । भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा ताकिएको छ ।

प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्