बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन



काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी रहेका छन् भने सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा खोमराज खरेललाई चयन गरिएको छ।

तत्कालीन अध्यक्ष शरद ओझालाई पदबाट हटाएपछि रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि नयाँ सिफारिस समिति गठन गरिएको हो।

प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्