मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौं । भारतमा बसेर मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रावती गाउँपालिका-२ घर भएका २९ वर्षीय सुजन भारती छन् । प्रहरी स्रोतका अनुसार उनीहरू भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् ।

उनीहरू लामो समयदेखि भारतको नयाँ दिल्ली स्थित लाजपतमा बसेर नेपालका युवती युवतीको मिर्गौला तस्करीमा संलग्न थिए ।

श्यामकृष्णले अहिलेसम्म २५ जना नेपालीको मिर्गौला निकालेको स्वीकार गरेको मानव बेचबिखन ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति: १५ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्