पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु
सर्लाही । सर्लाहीको मलङ्गवामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मलङ्गवा नगरपालिका–६, सुखैनिया टोलमा पानीमा
डुबेर छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ
बालिका खेल्नेक्रममा पोखरीमा गएर डुबेको स्थानीयले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।
प्रकाशित मिति: १६ भदौ २०८२, सोमबार












