उत्तराखण्ड रुद्रप्रयागमा बाढीपहिरो जाँदा सल्यानका बाबुछोरासहित ३ बेपत्ता



सल्यान । भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको छेनागाडमा गत शुक्रबार राति आएको बाढीपहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-६ कालागाउँका ४९ वर्षीय शरद आग्री, उनका छोरा २४ वर्षीय दीपक र वडा नं ५ राउचेका ६९ वर्षीय भीमबहादुर बुढा बेपत्ता भएका हुन् ।

तीनैजना गत साउन १६ गते कामको खोजिमा मजदुरीका लागि रुद्रप्रयागको पूर्वी बागर छेनागाड गएका थिए ।

भदौ १२ गते राति छेनागाडमा भारी वर्षा भएको थियो । बाढीपहिरो जाँदा त्यहाँका धेरै घरमा क्षति पुगेको र आठ जना बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १६ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्