मकैबारीमा थापेको विद्युतीय धरापमा परेर महिलाको मृत्यु



बैतडी । बैतडीमा जंगली जनावरका लागि मकैबारीमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृतक भट्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्