नेप्से १५.६४ अंकले घट्यो, ४ अर्ब ७२ करोडको कारोबार



काठमाडौं । नेप्से १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा झरेको छ। बुधबार ३९ वटा सेयरको मूल्य बढ्दा २१३ वटाको मूल्य घटेको छ।

नेप्से सूचक घटेको भए पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ ।

बुधबार नेप्सेमा ३ सय २६ कम्पनीको ६८ हजार ५ सय ९४ कारोबारबाट ४ अर्ब ७२ करोड रुपैयाँ बराबर १ करोड १३ लाख ४५ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ ।

मंगलबार नेप्सेमा ३ सय २३ कम्पनीको ८९ हजार ७ सय ७५ कारोबारबाट ४ अर्ब ३८ करोड रुपैयाँ बराबर १ करोड ५ लाख ३५ हजार कित्ता सेयर खरिद-बिक्री भएको थियो ।

बुधबार नेप्सेमा ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी २ सय १३ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज हिमस्टार ऊर्जा कम्पनीको ९.९९ प्रतिशत र युनियन हाइड्रोपावरको ७.०३ प्रतिशतले बढेको छ। बाँकी सेयरहरु अधिकतम ३.२७ प्रतिशतसम्म मात्र बढेका छन्।

त्यसैगरी लिबर्टी इनर्जी र छ्याङ्दी हाइड्रोपावरको ६ प्रतिशत बढीले घट्दा बाँकी सेयरहरु अधिकतम ३.८९ प्रतिशतसम्मले झरेका छन्।

कारोबारको हिसाबमा युनियन हाइड्रो ३३ करोडसहित अगाडि रहँदा लिबर्टी इनर्जीको २७ करोड, नेपाल पुनर्बीमाको २६ करोड र हिमालयन रि इन्स्योरेन्सको २४ करोडको कारोबार भएको छ।

प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्