प्रभु बैंकले पायो अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड
काठमाडौं १८ भदौ। प्रभु बैंकले नेपालको उत्कृष्ट डिजिटल बैंकको लागि अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
अन्तर्राष्ट्रिय संस्था युरोमनी लिमिटेडले सिंगापुरमा बैंकलाई युरोमनी एक्सिलेन्स अवार्ड प्रदान गरेको हो ।
बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप ३ महिला अधिकृतहरुले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए ।
यसअघि पनि बैंक अफ द इयर २०२३ बाट प्रभुले सम्मान पाएको थियो।
बैंकले उक्त सम्मानलाई साना तथा मझौला उद्यमलक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको महत्त्वपूर्ण भूमिकालाई अन्तर्राष्ट्रिय मान्यता मिलेको बताएको छ।
नयाँ प्रविधिमार्फत बैंकले ग्राहककेन्द्रित डिजिटल समाधानहरु उपलब्ध गराउँदै आएको छ।
प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार
















