सामाजिक सञ्जाल नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ : महासचिव पोख्रेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्न अनुरोध गरेका छन् ।
उनले सामाजिक सन्जाल बन्द हुने संकेत गर्दै फेसबुकमा लेखेका छन्- ‘सामाजिक सञ्जाल बन्द भइ नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोसिस गरौं । सुखद अनुभूति हुनेछ ।
सरकारले पटकपटक सूचीकरणका लागि ताकेता गर्दा पनि सम्पर्कमा नआएका फेसबुक, एक्स, अल्फाबेटलगायत सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको छ ।
यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौडेलले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सन्जालहरु अब क्रमशस् निष्कृय बनाउनेबारे आज निर्णय हुने बताएका छन् ।
प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार












