‘कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी’



काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उखु किसानका मागहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै केसीले कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी भएको बताएका हुन् ।

उनले भने, ‘सभामुख महोदय कृषिप्रधान देशका किसानहरू निरन्तर समस्यामा छन् । उखु किसानहरू भुक्तानी ढिलाइ, सरकारी अनुदान कटौती, कम मूल्य र मलको अभावले धर्नामा छन् । तत्काल माग सम्बोधन होस् ।’

उनले बाढी पहिरोबाट विभिन्न ठाउँमा नागरिकले ज्यान गुमाइरहेको भए पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्