कर्मचारीले कुनै पार्टीका लागि नभई देश र जनताका लागि काम गर्नुपर्छ : सभापति देउवा



काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न नपाइने बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले कर्मचारीले कुनै पार्टीका लागि नभई समग्र देश र जनताका लागि काम गर्नुपर्ने बताए।

देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्