सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, एक घाइते



काठमाडौं, भदौ २० । सिन्धुलीको कमलामाईमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

कमलामाई नगरपालिका ९ बेथाचौडी नजिक आज बिहान ६ बजेको समयमा बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षका भुवन भुजेलको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा बिहान सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परेर स्थानीय ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते छन् । उनको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्